गण्डकीमा चालक अनुमतिपत्र लिन नयाँ निर्देशिका

निर्देशिकाअनुसार परीक्षार्थीहरुले उत्तीर्ण हुन लिखितमा ६० प्रतिशत र प्रयोगात्मक परीक्षामा न्यूनतम ७० प्रतिशत अंक ल्याउनुपर्ने छ।

नेपालभ्युज

गण्डकीमा चालक अनुमतिपत्र लिन नयाँ निर्देशिका
फाइल तश्वीर

पोखरा। गण्डकी प्रदेशमा सवारी चालक अनुमति पत्र लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागू भएको छ। १ फागुनदेखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशीका २०७७ (संसोधनसहित) अनुरुप उत्तीर्ण हुनुपर्ने छ।

निर्देशिकाअनुसार परीक्षार्थीहरुले उत्तीर्ण हुन लिखितमा ६० प्रतिशत र प्रयोगात्मक परीक्षामा न्यूनतम ७० प्रतिशत अंक ल्याउनुपर्ने छ।

यातायात व्यवस्था कार्यालय गण्डकी, सवारी चालक अनुमति पत्रले सोमबार सूचना जारी गरेर सवारी चालक अनुमति पत्र लिनका लागि नयाँ निर्देशिका अनुरुपको मापदण्ड लागू गरिएको उल्लेख गरेको छ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुरुप नयाँ मापदण्ड लागू भएको हो।

कार्यालयका सूचना अधिकारी नारायण प्रसाद बाँस्तोलाका अनुसार यस मापदण्ड अनुरुपको पहिलो लिखित परीक्षा ६ फागुनमा र पहिलो प्रयोगात्मक परीक्षा ८ फागुनमा हुने छ। प्रयोगात्मक परीक्षा साविककै स्थानमा हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved