नेपाली फिल्ममा देखिने भइन् भारतीय अभिनेत्री तनिस्ता

रौनियार, डेभिड बार्कर र आशा मग्रातीले ‘द स्काई इज माइन’ चलचित्रको सह-लेखन गरेका छन्। चलचित्र दक्षिण एशियामा व्याप्त रहेको जात व्यवस्थाका विषयमा रहने छ।

नेपालभ्युज

नेपाली फिल्ममा देखिने भइन् भारतीय अभिनेत्री तनिस्ता

काठमाडौं। नेपाली चलचित्र निर्देशक दीपक रौनियारले निर्देशन गर्ने आगामी चलचित्र ‘द स्काई इज माइन’ मा भारतीय अभिनेत्री तनिस्ता चटर्जीले अभिनय गर्ने भएकी छन्।

चटर्जीको ‘ब्रिक लेन’ (२००७) नामक चलचित्रका लागि ब्रिटिस इनडिपेन्डेट फिल्म अवाडमा उत्कृष्ट अभिनेत्रीमा मनोनित भएकी थिइन्। उनको २०१५ मा प्राचेड नामको अर्को चलचित्र प्रर्दशनमा आएको थियो भने २०१६ मा लायन चलचित्र आएको थियो।

यस्तै, उनले २०१९ मा निर्देशन गरेका चलचित्र ‘रोम रोम मे’ का लागि बुसान फिल्म फेस्टिबलमा उत्कृष्टि एशियन चलचित्र निर्देशकको अवाड जितेकी छन्।

नेपाली चलचित्र निर्देशक रौनियारको पछिल्लो छोटो फिल्म ‘फोर नाइट्स’ बर्लिन फिल्म फेस्टिबलमा छनोट भएको थियो। यस्तै उनी निर्देशित पहिलो चलचित्र ‘हाइवे’ पनि सन् २०१२ मा बर्लिन र लोर्कानो फिल्म फेस्टिबलमा छनोट भएको थियो। भने उनी निर्देशित अर्को चलचित्र ‘ह्वाइट सन’ ले सन् २०१६ मा भेनिस फिल्म फेस्टिबल र सिंगापुर फिल्म फेस्टिबलमा अवार्ड जितेको थियो।

रौनियार, डेभिड बार्कर र आशा मग्रातीले ‘द स्काई इज माइन’ चलचित्रको सह-लेखन गरेका छन्। चलचित्र दक्षिण एशियामा व्याप्त रहेको जात व्यवस्थाका विषयमा रहने छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved