वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन

सचिव शर्माले भने, “क्रमागत र ठूला योजनाभन्दा साना योजना बढी छन्। १५ लाखमुनिका सम्झौता भएर काम शुरु भइसकेका र नभएका योजनालाई कैफियत खुलाएर पठाउनुहोस्।”

नेपालभ्युज

वार्षिक बजेट कार्यान्वनयनमा केन्द्रित हुन निर्देशन

कर्णाली। कर्णाली प्रदेश सरकारका जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वनयमा केन्द्रित हुन कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।

सुर्खेतमा बजेट कार्यान्वयनको अवस्था र त्यसको प्रभावकारिताका विषयमा भएको अन्तक्र्रियामा ऊर्जामन्त्री सिंहले कार्यालय प्रमुखहरूलाई पाँच महीनाको समयलाई व्यवस्थित गरी काम गर्न निर्देशन दिए। “चालु आर्थिक वर्ष २०७८/७९ को सात महीना बितिसकेको छ,” उनले भने, “अब ढिला नगरौँ।”

दशओटै जिल्लाका कार्यालय प्रमुखले प्रस्तुत गरेको प्रतिवेदनबाट जिल्लाको खानेपानी, सिँचाइलगायत क्षेत्रको चित्र आएको र यसले आगामी दिनका लागि मार्गदर्शन गराएको मन्त्री सिंहले बताए। आज १० जिल्लाका विद्युत् कार्यालयका प्रमुखहरूसँग विद्युत्का विषयमा छलफल गरी यहाँको ग्रामीण क्षेत्रको विद्युतीकरणको समस्या समाधानको खाका तयारी गर्ने उनले बताए।

कार्यसम्पादनअनुसार काम गरी उत्कृष्टता हासिल गर्न कर्मचारीलाई प्रोत्साहित र पुरस्कृत गरिने उनले विश्वास दिलाए। पन्ध्र लाख रुपैयाँ मुनिका सम्झौता भएर कार्यान्वयनको क्रममा गएका योजनाबाहेक अन्य योजना रोक्नुपर्ने उनको भनाइ थियो।

मन्त्रालयका निमित्त सचिव गोपाल शर्माले अधिकांश कार्यालयको भौतिक तथा वित्तीय प्रगति अपेक्षित नभएको भन्दै एक वर्षमा गरिने काम पाँच महीनामा गर्नुपर्ने अवस्था आएकाले कार्यालय प्रमुखहरूलाई युद्धस्तरमा काम गर्न निर्देशन दिए।

सचिव शर्माले भने, “क्रमागत र ठूला योजनाभन्दा साना योजना बढी छन्। १५ लाखमुनिका सम्झौता भएर काम शुरु भइसकेका र नभएका योजनालाई कैफियत खुलाएर पठाउनुहोस्।”

योजना महाशाखाका इञ्जीनियर प्रमुख प्रेमबहादुर ओलीले योजना तर्जुमा र त्यसले ल्याउने प्रभावकारिता, प्रशासन शाखाका प्रशासकीय अधिकृत लोकप्रसाद पौडेलले कर्मचारी व्यवस्थापनबारे जानकारी दिए। कार्यक्रममा निर्देशनालयसहित १० जिल्लाका कार्यालय प्रमुखले भौगोलिक विकटता, टुक्रे योजना, राजनीतिक दबाब, स्पष्ट कार्यविधि नहुनु र विशेषगरी जनशक्ति अभावले बजेट कार्यान्वयनमा समस्या भएको औँल्याएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved