जनयुद्धको उपलब्धिलाई प्रचण्डले कुर्सीसँग साटे : प्रभु साह

नेपालभ्युज

जनयुद्धको उपलब्धिलाई प्रचण्डले कुर्सीसँग साटे : प्रभु साह

गौर। प्रचण्डले जनयुद्धको उपलब्धिलाई सत्तासँग साटेको आरोप नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले लगाएका छन्।

आइतबार रौतहटको फतुवा विजयपुरमा आयोजित शहिद मनरुप महतो स्मृति पार्क तथा भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले प्रचण्डलाई लाल गद्दारको संज्ञा दिए।

प्रचण्डले जनयुद्धमार्फत देशमा प्राप्त उपलब्धिहरु कांग्रेसको पाउमा चढाएको आरोप उनले लगाए।

‘देशबाट निरंकुश राजतन्त्र र एकात्मक राज्य प्रणालीको अन्त्य गरी मुलुकमा संघीयता र गणतन्त्र स्थापना गर्न सफल महान जनयुद्ध हजारौं वीर नेपाली सपूत योद्धाहरुले आहुती दिएर पूरा गरेका हुन्। जनयुद्ध नेपालको मात्र नभई सिंगो विश्वकै कम्युनिष्ट आन्दोलनको महत्त्वपूर्ण हिस्सा हो,’’ नेता साहले भने, ‘‘तर आज तपाईहरुले हेर्न सक्नुहुन्छ, जनयुद्धको उपलब्धि प्रचण्डको लागि सत्तामा पुग्ने भर्याङमात्र बनेको छ।’’

नेता साहले रौतहटका प्रथम जनयुद्ध शहिद मनरुप महतोको नाममा फतुवा विजयपुर नगरपालिकाको भैंसहीमा निर्मित पार्क तथा भवनको उद्घाटन गरे।

फतुवा विजयपुर नगरपालिकाकी उपमेयर समेत रहेकी सहिद मनरुप महतोको श्रीमती कान्ति देवी महतोको अगुवाईमा मनरुप स्मृति पार्क र भवन निर्माण भएको हो।

उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज उपेन्द्र साह, केन्द्रीय सदस्यहरू कुन्दन कुश्वहा र उद्धव रेग्मी, प्रदेश उप(सचिव आरती भण्डारी, जिल्ला अध्यक्ष त्रिभुवन साह (अमर), मौलापुर नगरपालिकाकी मेयर रीना साह, कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहालगायतका नेताहरुको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved