महाभियोग प्रस्तावमा एमालेले पनि साथ दिन्छ : मन्त्री बडू

नेपालभ्युज

महाभियोग प्रस्तावमा एमालेले पनि साथ दिन्छ : मन्त्री बडू
फाइल तस्वीर।

काठमाडौं। कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराबिरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि साथ दिने बताएका छन्।

आइतबार नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले प्रधानन्यायाधीश जबराबिरुद्ध संघीय संसद सचिवालय महाअभियोगको प्रस्ताव दर्ता गराएका हुन्।

त्यस क्रममा मन्त्री बडूले न्यायालयमा भएको गतिरोध अन्त्यको लागि र संवैधानिक ढंगले न्यायपालिका सुचारु गराउने कुरामा सबै दलले साथ दिने बताए।

प्रधानन्यायाधीश जबराले न्यायपाललिका संवैधानिक रुपबाट सञ्चालन गर्न नसकेको भन्दै न्यापालिकामाथि आउनसक्ने खतरालाई मध्यनजर गरेर महाअभियोगको प्रश्ताव दर्ता गरेको बताए। बडूले प्रधानन्यायाधीश जबराबिरुद्ध संवैधानिक निकास आवश्यक रहेको भन्दै दुई तिहाईले यसलाई समर्थन गर्ने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved