प्रचण्डले भने, “एमसीसीकै कारण गठबन्धन तोडिँदैन, यथास्थितिमा पास हुन दिँदैनौं”

नेपालभ्युज

प्रचण्डले भने, “एमसीसीकै कारण गठबन्धन तोडिँदैन, यथास्थितिमा पास हुन दिँदैनौं”
फाइल तस्वीर

काठमाडौं । एमसीसीकै कारण सत्ता गठबन्धन नतोडिने नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्।

नेकपा (एमाले) अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवा मिलेर एमसीसी पारित गरे के गर्नुहुन्छ भन्ने पत्रकार ऋषि धमालाको प्रश्नमा उनले भने, ‘ठीक छ त। उहाँहरू दुई वटा मिल्नुस् पास भइहाल्छ। हामी विरोध राख्छौं। हामी यो विषय लिएर जनतामा जान्छौं। हामीलाई यसले केही घाटा हुँदैन।

तर यथास्थितिमा एसमसीसी पास हुन नदिने उनले बताए। एमसीसी पास गराउनकै लागि आफूले सत्ता गठबन्धन नबनाएको पनि उनको दाबी थियो।

केपी ओलीले स्टन्ड लिने गरेका र उनले यो गठबन्धन जसरी पनि टुटोस् भन्ने चाहेक उनले बताए। ओलीले एमसीसी पास गर्नभन्दा पनि असफल गर्नतिर लागेका जस्तो आफूलाई लागेको पनि उनले बताए। संसद अवरोध र एमसीसीमा ओली तटस्थ बसेका पनि उनको आरोप थियो।

अमेरिकाका लागि तपाईं बाधक हुनुभयो नि भन्ने धमालाको प्रश्नमा उनले भने, ‘मिल्नेहरू मिलेर पास गरे भैगो नि म किन बाधक? एउटा पार्टीले विरोध गर्दैमा अमेरिकाको के आपत्ति?’

अमेरिकाले दबाब दिनु नहुने र अमेरिकालाई निकै ठूलो भ्रम रहेको र सुपरपावरको इन्ट्रेस्टअनुसार कि त एमसीसीलाई कि एस भन किन नो भन भनेको र हामीले विदेश नीतिमै पुनर्विचार गर्छौं भनेको उनले बताए।

पत्रमा एमसीसीलाई सहमतिमा लैजाने आफूले लेखेको पटक पटक दाबी गरेको बताए। ‘अमेरिकाले अलि बढी गरेको छ’, उनले भने, ‘अमेरिकासँग पनि राम्रो सम्बन्ध बनाउन चाहेको हो तर अमेरिकाले यति ठूलो भाषा प्रयोग गर्न हुँदैन्थ्यो भन्ने मलाई लाग्यो।’

एमालेले गरेको संसद् विघटनमा पनि ओली जाने अन्तिम ठाउँ अदालत भएकाले त्यहीँ जान उनले सुझाए। ‘केपीजी अदालत गइसक्नुभएको छ। त्यहाँ पो आफ्नो शक्ति लगाउने हो। संसद् त जनताको हो। मलाई विश्वास छ केपीजीले मान्नुपर्छ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved