मन्त्री सोडारीद्वारा बझाङका विभिन्न योजनाको निरीक्षण

नेपालभ्युज

मन्त्री सोडारीद्वारा बझाङका विभिन्न योजनाको निरीक्षण

बझाङ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले यहाँका आयोजनाको आज निरीक्षण गरेका छन्। सदरमुकाम चैनपुरको सेती पारि रहेको पानकोट जडारिगाड सडक खण्ड, सुर्मा सडक, पातिहाल्ना तलकोट–सैपाल–हुम्ला सडकखण्ड लगायतका सडकको निरीक्षण गरेका हुन्।

उनले पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयको समेत अनुगमन गरेका छन्। उहाँले जिल्लास्थित पूर्वाधार विकास कार्यालयलगायत कार्यालय प्रमुखसँग आयोजना कार्यान्वयनबारे जानकारी लिए। अनुगमनका क्रममा आयोजना दु्रत गतिमा कार्यान्वयन गर्न कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएका छन्।

अहिले योजनाका काम निरन्तर भइरहेकाले आवश्यकताअनुसार जिल्लामा अरू योजनाको पनि मागअनुसार बजेट विनियोजन गरिने बताए। उक्त अनुगमन टोलीमा मन्त्री सोडारी, प्रदेश अर्थराज्यमन्त्री माया तामाङ बोहरा र पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका जिल्लास्थित कार्यालयका प्रमुख तथा प्रतिनिधि रहेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved