अलपत्र बन्यो भैरहवा सेज : कार्यालय नै जाँदैनन् निर्देशक, बसोबासै काठमाडौंमा

फाइदा कसले लिने र कसको मान्छे राख्ने जस्ता कुरामै सेज लामो समय रुमलिएको व्यवसायीको आरोप छ। दुईपटक त उद्घाटन मात्रै गरियो तर कामले भने गति लिन सकेको छैन।

अलपत्र बन्यो भैरहवा सेज : कार्यालय नै जाँदैनन् निर्देशक, बसोबासै काठमाडौंमा

बुटवल। रूपन्देहीको भैरहवामा स्थापित विशेष आर्थिक क्षेत्र (सेज)ले गति लिन सकेको छैन्। उद्योगमैत्री वातावरण नहुँदा सेजले गति लिन नसकेको हो। यहाँ कुल ६८ ओटा प्लट रहेता पनि १८ ओटा प्लटमा हालसम्म ६ ओटा उद्योग मात्रै संचालनमा आएका छन्।

प्राय: सहायक तहका कर्मचारी मात्रै भेटिने कार्यालय वरिपरिको वातावण पनि अस्तव्यस्त देखिन्छ। कम्प्युटर अपरेटर निर्मला भट्टराई खासै समस्या नभए पनि विद्युतको काम गर्न कर्मचारी अभाव रहेको बताउँछन्। उनकाअनुसार यहाँ सञ्चालित उद्योगले ६० प्रतिशत उत्पादन निर्यात गर्न सके त्यस्ता उद्योगीले छुट समेत पउँछन्। तर, काम भने हुन सकेको छैन।

सरकारले २०७३ सालदेखि सेजलाई प्राधिकरणको रूपमा संचालन गरिएता पनि पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन। यहाँका कार्यकारी निर्देशक चण्डिका भट्ट कार्यालयमा भेटिँदैनन्। सामान्य कर्मचारीको भरमा रहेको भैरहवा विशेष आर्थिक क्षेत्र वयवस्थापन कार्यालय तल्लो तहका कर्मचारीको भरमा चलेको छ। नीति नियम बनाउने जिम्मेवारी पाएका निर्देशक भट्ट प्राय: काठमाडौंमै भेटिन्छन्।

रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेले सेजको नीतिगत समस्याका कारण उद्योगीहरू उत्साहित बन्न नसकेको बताउँछन्। सरकारले यस क्षेत्र संञ्चालनमा ल्याउन विषेश जोड दिन आवश्यक रहेको उनको भनाइ छ। जसका लागि तत्काल नियमावली संशोधन गरी उद्योगमैत्री वातावरण बनाउनुपर्ने उनको सुझाव छ।

सेज स्थापना भएको वर्षै बितिसक्दा समेत पूर्ण रूपमा संचालनमा आउन नसक्नु दुःखद भएको यस क्षेत्रका उद्योगी व्यवसायी बताउँछन्। सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म सर्वज्ञ सेजले गति लिन नसक्नुमा मुलुकको राजनीतिक अवस्था जिम्मेवार रहेको बताउँछन्।

त्यसअलावा विद्युत सवस्टेसन जडान हुन नसक्नु र उद्योगमैत्री वातावरण नहुनु समेत कारक रहेको उनको भनाइ छ। जग्गाको मँहगो भाडा, ६० प्रतिशत निर्यातको व्यवस्था, प्रशस्त विद्युत आपूर्ति, सुविधायुक्त पूर्वाधार र उचित प्रोत्साहन अभावका कारण उद्योगीहरूले सेजप्रति खासै चासो दिन नसकेको रूपन्देही उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुलीको भनाइ छ।

करोडौंको लगानी रहेको सेजमा दरबन्दीअनुसार कर्मचारीसमेत छैनन्। सहायक तहका कर्मचारीको भरमा यत्रो कार्यालय छोडेर उद्योग क्षेत्रको विकास गर्न नसकिने उद्योगी व्यवसायी धारणा रहेको छ।

फाइदा कसले लिने र कसको मान्छे राख्ने जस्ता कुरामै सेज लामो समय रुमलिएको व्यवसायीको आरोप छ। दुईपटक त उद्घाटन मात्रै गरियो। सन् २०१४ नोभेम्बर १८ मा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले संयुक्त उद्घाटन गरेका थिए। त्यसपछि तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले विशेष आर्थिक क्षेत्र सेज कार्यलयको सन् २०१७ फेबरी १६ मा उद्घाटन गरेका थिए। तर कामले भने गति लिन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved