लागु औषधसहित पाँच जना पक्राउ

नेपालभ्युज

लागु औषधसहित पाँच जना पक्राउ

सुर्खेत। जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागु औषधसहित पाँच जनालाई पक्राउ गरेको छ।

वीरेन्द्रनगरपालिका–११ पिपिराचोकबाट तीन जनालाई र वीरेन्द्रनगर नगरपालिका–९ शान्ति टोलबाट दुई जनालाई पक्राउ गरेको हो।

बुधबार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ बस्ने २२ वर्षीया गौरव सुनार, सोही ठाउँका ४६ वर्षीया लिलाराम पुरी र सोही ठाउँका २४ वर्षीया महेश सुनार रहेका छन्। उनीहरूबाट प्लाष्टिक सहित ३००(तीन सय) मिलिग्राम र प्लाष्टिक बाहेक शुद्ध २०० (दुई सय) मिलिग्राम लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

त्यस्तै, सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ९ शान्ती टोलबाट कर्णाली प्रदेश लागु औषध नियन्त्रण व्युरो सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको सोही ठाउँका २५ अजयसिंह चौधरी र २५ वर्षीया राजु गाईनलाई पक्राउ गरिएको प्रहरी जनाएको छ। उनीहरूबाट प्लाष्टिक सहित ३७० मिलिग्राम र प्लाष्टिक बाहेक शुद्ध १६० मिलिग्राम लागु औषध ब्राउनसुगर बरामद प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी अनुसन्धान कार्य भईरहेको प्रहरी जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved