स्पेनका राजामा देखियो कोरोना संक्रमण

नेपालभ्युज

स्पेनका राजामा देखियो कोरोना संक्रमण

एजेन्सी । स्पेनका राजा फिलिप छैठौंलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको स्पेनी दरबार स्रोतले जानकारी गराएको छ। उनलाई कोभिड सङ्क्रमण पुष्टि भएपनि सामान्य लक्षणहरू मात्र देखिएको छ।

सङ्क्रमणका हल्का लक्षणहरू देखिएपछि ५४–वर्षीय राजाले मङ्गलबार कोभिड सङ्क्रमण परीक्षण गराएका थिए। उनी अब एक सातासम्म आइशोलेसनमै हुनेछन्।

फिलिपलाई कोभिडको सङ्क्रमणपछि सामान्य लक्षण देखिएपनि रानी लेटिजिया र कान्छी छोरी सोफियामा भने लक्षणहरू देखिएका छैनन्।

स्पेनमा कोभिड १९ संक्रमण दर घट्दो क्रममा छ। अस्पतालहरूमा कोभिड सङ्क्रमित बिरामीको चाप कम भएपछि स्पेनले बिहीबारदेखि घरबाहिर हिँड्दा अनुहारमा अनिवार्य मास्क लगाउनुपर्ने नियम हटाउँदैछ।  स्पेनमा सार्वजनिक यातायात लगायतका भित्री सार्वजनिक स्थलसमेतमा मास्क प्रयोग गर्नु अनिवार्य गरिएको छ।

अहिलेसम्म स्पेनमा एक करोड चार लाखभन्दा बढी सङ्क्रमित भएका छन्। त्यस्तै, ९५ हजारको मृत्यु भइसकेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved