एडप्याडले खरिद गर्यो चार देशीय क्रिकेट सिरिजको प्रशारण अधिकार

नेपालभ्युज

एडप्याडले खरिद गर्यो चार देशीय क्रिकेट सिरिजको प्रशारण अधिकार

काठमाडौं । नेपाल, आयरल्याण्ड, ओमन र यूएईबीच हुने चार देशीय क्रिकेट सिरिजको नेपाल प्रशारण अधिकार एडप्याड एजेन्सीले खरिद गरेको छ। एजेन्सीका प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार हिमालय टेलिभिजन, ओएसआर स्पोर्टस् (युट्यबुमा) र दराज एपमार्फत यो प्रतियोगिता नेपालमा प्रत्यक्ष प्रशारण हुनेछ। प्रतियोगिताअन्तर्गत नेपालले २८ माघमा ओमान, २९ माघमा युएई र २ फागुनमा आयरल्यान्डको सामना गर्नेछ।

सिरिजको ग्लोबल अधिकार खरिद गरेको आई. टि. डब्लु नामक कम्पनीसँग एडप्याडले नेपालका लागि प्रशारण अधिकार खरिद गरेको हो। यस सिरिजलाई टी–२० विश्वकपको छनोटको तयारीमा रूपमा पनि हेरिएको छ।। प्रतियोगिताको नेपाल प्रसारणमा प्रमुख प्रायोजन शंकर ग्रुप अन्र्तगतको ‘‘टि.भि.एस अपाचे’’ ले गरेको जानकारी गिरीले दिएका छन्।

“कुनै नेपाली कम्पनीले विदेशी कम्पनीसँग सहकार्य गरी राईटस् खरिद गरेको यो पहिलो पटक हो। यसले अबका दिनमा पनि नेपाल सम्मिलित खेलहरु नेपाली दर्शकले हेर्न पाउने वातावरण सिर्जना गरेको छ,’’ गिरीले भने,‘‘विगतमा वेबसाइट रिफ्रेस गरी गरी स्कोर अपडेट लिनुपर्ने स्थितीबाट आज अन्तराष्ट्रिय स्तरको प्रसारण नेपालमा उपलब्ध गराउन पाउदाँ हामी उत्साहित छौ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved