भारतमा दैनिक संक्रमितको सङ्ख्या एक लाखभन्दा कम

पछिल्लो एक महीनामा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको यो पहिलो पटक हो।

नेपालभ्युज

भारतमा दैनिक संक्रमितको सङ्ख्या एक लाखभन्दा कम

एजेन्सी। भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरूको संख्या एक लाखभन्दा कम भएको छ। महामारीको तेस्रो चरण शुरु भएपछि पछिल्लो एक महीनामा दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो।

कोरोना भाइरसको नयाँ भेरियन्टको रूपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरूको संख्या एकाएक बढेको थियो। संघीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना संक्रमित भएका छन्।

सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरूको संख्या भने एक लाख ९९ हजार ५४ रहेको छ। एउटै अवधिमा नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाहरूको संख्या दोब्बर बढी रहेको छ। त्यसैले सक्रिय संक्रमितहरूको संख्या पनि घट्दै गएको छ।

भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरूको कुल संख्या ११ लाख आठ हजार ९३८ रहेको मन्त्रालयले जनाएको छ। उनीहरूका अनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै ८९५ जनाको मृत्यु भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved