प्रधानमन्त्री देउवाद्वारा लता मंगेशकरको निधनप्रति दुःख व्यक्त

नेपालभ्युज

प्रधानमन्त्री देउवाद्वारा लता मंगेशकरको निधनप्रति दुःख व्यक्त

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रख्यात गायिका लता मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका छन्।

प्रख्यात गायिका मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो। प्रधानमन्त्री देउवाले ट्वीट गर्दै थुप्रै लोकप्रिय नेपाली गीतमा समेत आवाज दिएकी भारतीय गायिका लता मंगेशकरको निधनको खबरले आफू दुःखी भएको बताए।

प्रधानमन्त्री देउवाले दिवंगत मंगेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनका परिवारजनमा समवेदना व्यक्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved