दिल्लीमा शैक्षिक संस्था र जिम पुनः सञ्चालनमा आउँदै

नेपालभ्युज

दिल्लीमा शैक्षिक संस्था र जिम पुनः सञ्चालनमा आउँदै

नयाँ दिल्ली। भारतको दिल्ली सरकारले विद्यालय, कलेज लगायतका शैक्षिक संस्था र जिम पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

कोभिड-१९ का बिरामी घट्दै गएकाले त्यस्तो निर्णय गरिएको हो।

रात्रिकालीन कर्फ्यु भने एक घण्टा घटाएर राती ११ बजेदेखि बिहान पाँच बजेसम्म कायम राखिएको छ।

विद्यालयहरू भने कोभिड महामारीका सावधानीका उपायसहित सञ्चालन हुनेछन्। ७ फेब्रुअरीबाट नौदेखि १२ कक्षा सञ्चालन हुनेछन्। भ्याक्सिन नलगाएका शिक्षकले कक्षा लिन पाउनेछैनन्।

त्यस्तै जिमहरू पनि सावधानीका साथ सञ्चालन हुनेछन्।

द क्विन्टबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved