सिरिया र इराकमा टर्कीले गर्‍यो हवाई हमला

नेपालभ्युज

सिरिया र इराकमा टर्कीले गर्‍यो हवाई हमला

एजेन्सी । टर्कीका युद्ध विमानहरूले इराक र सिरियाका कुर्दिश विद्रोहीहरूको शंकास्पद ठेगानामा हमला गरेका छन्। यी हमलाहरूमा चार जनाको ज्यान गएको छ। टर्कीको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गद हमलाको पुष्टि गरेको छ।

यसअघि टर्कीमा कुर्दिश विद्रोहीहरूले हमला गरेका थिए। त्यसैको प्रतिकारस्वरुप सिरिया र इराकमा हमला गरिएको रक्षा मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्र संघको मिशन (यूएनएएमआई) ले हमलाबाट आम सर्वसाधारण प्रताडित बनेको जनाएको छ।

यूएनएएमआईले इराकको सम्प्रभुता र क्षेत्रीय अखण्डताको हरेक मूल्यमा, सम्मान गर्नुपर्ने जनाएको छ। ‘‘स्थानीय जनताको सुरक्षा सुनिश्चित गरिनुपर्छ। साथै सबै विवादहरूको समाधान वार्ता र सहयोगको माध्यमले गर्नुपर्छ,’’ युएनएमआईले भनेको छ।

इराकस्थित युनिसेफकी प्रतिनिधि सीमा सेन गुप्ताले वक्तव्य जारी गर्दै स्थानीयको सुरक्षालाई सदैव प्राथमिकता राख्नुपर्ने  बताएकी छिन्। द्वन्द्वले यस क्षेत्रका बालबच्चाहरू समस्यामा परेको उनले बताएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved