नारायणहिटीका जीर्ण संरचना मर्मत सम्भार गर्न प्रेम आलेको निर्देशन

नेपालभ्युज

नारायणहिटीका जीर्ण संरचना मर्मत सम्भार गर्न प्रेम आलेको निर्देशन

काठमाडौं।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी दरबार संग्रहालयका जीर्ण भएका संरचनाहरूलाई मर्मत सम्भार गर्न निर्देशन दिएका छन्।

बिहीबार मन्त्री आलेले नारायणहिटी दरबार संग्रहालयमा स्थलगत अवलोकन गर्दै त्यहाँ भित्रका विभिन्न ठाउँमा बत्तीहरू जीर्ण अवस्थामा देखिएकाले तुरुन्त मर्मत गरी सुचारु गर्न निर्देशन दिएको बताए।

त्यसैगरी गेटको बाहिर छाना छुहिने अवस्था रहेकाले त्यसको पनि मर्मत गर्न भनिएको उनले बताए। त्यस्तै, संग्रहालयमा रहेका पुराना गाडीहरूलाई मर्मतका साथसाथै रङरोग गरेर राख्न पनि निर्देशन दिइएको उनले बताए।

उनले नारायणहिटी दरबार संग्रहालयमा अधुरा रहेका कामहरूलाई सम्पन्न गर्न छुट्टै डीपीआर बनाउन पनि निर्देशन दिए।

उनले विगतमा संग्रहालय परिसरभित्र क्याफ्टेरिया सञ्चालन गर्न भनी १४ रोपनी अतिक्रमण गरी बनाइएको भौतिक संरचनाहरू भत्काइसकिएको बताए। संग्रहालय परिसरलाई व्यवस्थित गर्न आगामी आर्थिक वर्षमा बजेटको व्यवस्थापन गरिने पनि उनले बताए।

बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयबाट हटाउन र आवश्यक अनुसन्धान गर्न सम्बन्धित निकायलाई पत्राचार पनि भइसकेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved