एक वर्षमा नाइजेरियामा १ हजार १९२ को गोली हानी हत्या

नेपालभ्युज

एक वर्षमा नाइजेरियामा १ हजार १९२ को गोली हानी हत्या
सांकेतिक तस्वीर।

एजेन्सी। नाइजेरियामा गत वर्ष मात्र बन्दुकधारीहरूले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन्। प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरूले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन्।

साथै उनीहरूले गत वर्षमात्र ३ हजार ३४८ जनालाई अपहरण गरेका थिए। सबैभन्दा बढी नाइजेरियाको उत्तर पश्चिमी क्षेत्र कादुनाका नागरिकको हत्या भएको छ।

साथै गतवर्ष यहाँका ८९१ जना घाइते भएका छन्। उनीहरूलाई पनि आतंककारीले गोली हानी घाइते बनाएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved