एमसीसी विवाद : देउवा र प्रचण्डबीच छलफल जारी

देउवाले गठबन्धनभित्र सहमति जुटाउन आफूनिकट नेपाली कांग्रेसका नेताहरूलाई परिचालन गरेका छन्।

नेपालभ्युज

एमसीसी विवाद : देउवा र प्रचण्डबीच छलफल जारी
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच बैठक जारी छ।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवादका कारण सत्ता गठबन्धनभित्र स्पष्ट दुई धार देखिएपछि प्रधानमन्त्री देउवाले गठबन्धनका नेतालाई मनाउन सक्रियता बढाएका छन्। एमसीसी पास गर्नुपर्ने पक्षमा देउवा देखिएका छन् भने प्रचण्ड र नेकपा(एकीकृत समाजवादी) का नेता माधवकुमार नेपाल संशोधन हुनुपर्ने पक्षमा छन्।

प्रधानमन्त्री देउवाले गठबन्धनभित्र सहमति जुटाउन आफूनिकट नेपाली कांग्रेसका नेताहरूलाई परिचालन गरेका छन्।एमसीसी पारित गर्न गठबन्धन दलभित्रैका नेताहरूबाट असहयोग हुने देखिएपछि देउवाले मंगलबार सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई प्रचण्डलाई मनाउन खुमलटार पठाएका थिए। मंगलबार नै देउवाका विश्वासपात्र तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पनि खुमलटार पुगेका थिए।

यसैगरी दुई नेता आज बिहान नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवासमा पुगेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved