नारायणहिटीमा सतीश्राप मुक्ति महायज्ञ स्थगित

नेपालभ्युज

नारायणहिटीमा सतीश्राप मुक्ति महायज्ञ स्थगित

काठमाडौं । नारायणहिटी दरबार सङ्ग्रहालयभित्र बुधबारदेखि गर्ने भनी निश्चित गरिएको सतीश्राप मुक्ति महायज्ञ कोरोना भाइरसको सङ्क्रमणका कारण हाललाई स्थगित गरिएको छ।

यसअघि १२ पुसमा बसेको नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिको बैठकले १९ माघदेखि २९ माघसम्म सङ्ग्रहालयभित्रको पूजा कोठामा ‘सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ’ गर्न स्वीकृति दिएको थियो।

कोरोना महामारी जारी रहेको र सरकारले २५ जनाभन्दा बढी मानिस उपस्थित हुन नपाउने आदेश जारी गरेका कारण महायज्ञ स्थगित गरिएको हो।

समितिका कार्यकारी निर्देशक डा सुरेशसुरस श्रेष्ठले आज सूचना जारी गर्दै महायज्ञ स्थगित गरिएको स्पष्ट गरेका छन्।

“कोरोनाका कारण जनजीवन प्रभावित भइरहेको अवस्थामा मानिसको भीडभाड हुने कार्यालय बन्द गर्ने गृहमन्त्रालय, जिल्ला प्रशासनको आदेशबमोजिम नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिअन्तर्गत रहेको पूजा घरमा माघ १९ गतेदेखि २९ गतेसम्म लगाउने भनिएको सतीश्राप मुक्ति श्री शिवशक्ति महायज्ञ तत्कालका लागि स्थगित गराउन हुन निर्णयानुसार अनुरोध छ”, सूचनामा भनिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved