थप ११ दिन हिरासतमै रहने भए र्‍यापर लाउरे

यसअघि, लाउरेलाई पहिलोपटक आठ दिन र दोस्रोपटक १७ दिनका लागि म्याद थप गरिएको थियो।

थप ११ दिन हिरासतमै रहने भए र्‍यापर लाउरे

पोखरा। र्‍याप गायक आशीष राना ‘लाउरे’ लाई ११ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई जिल्ला अदालत कास्कीले अनुमति दिएको छ।

यसअघि, लाउरेलाई पहिलोपटक आठ दिन र दोस्रोपटक १७ दिनका लागि म्याद थप गरिएको थियो।

गत १४ पुसमा ब्राउन सुगर कारोबार गर्ने समूहसहित कास्की प्रहरीले लाउरेलाई न्युरोडबाट पक्राउ गरेको थियो। प्रहरीले करीब १३ ग्राम ब्राउन सुगरसहित लाउरे र अरु ३ जनालाई पक्राउ गरेको थियो।

लाउरे चर्चित नेपाली टीभी रियालिटी सो हिमालय रोडिजका जज पनि हुन्। लाहुरे लागूऔषध सेवनकर्तामात्र रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

अरु लागू औषधको दाँजोमा ब्राउन सुगर वा कोकिनमा कडा सजायको व्यवस्था छ। २५ ग्रामभन्दा कम भेटिएको अवस्थामा ५ देखि १० वर्षसम्म जेल सजाय हुन सक्छ।

अफिम, कोका वा सोबाट बनेको लागूऔषधको सेवन गर्नेको हकमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। लागूऔषध मुद्दामा कैद छुटको कानूनी प्रावधान छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved