वीरगन्ज-पथलैया सडकको ठेक्का प्रक्रिया विवादीत, अख्तियारमा उजूरी

नेपालभ्युज

वीरगन्ज-पथलैया सडकको ठेक्का प्रक्रिया विवादीत, अख्तियारमा उजूरी

जनकपुरधाम । व्यापारिक मार्ग बिस्तार योजनाअन्तर्गत वीरगन्ज–पथलैया सडकको ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान दुरूपयोग अनुसन्धान आयोगमा  उजूरी परेको छ।

वीरगन्जको पावर हाउसदेखि रजत जयन्ती चोकसम्म र रजत जयन्ती चोकदेखि मितेरी पुल सम्मको सडक निर्माणका लागि सागर र समा निर्माण कम्पनीसँगको मिलेमतोमा बिना प्रतिस्पर्धा एकल स्वीकृत हुने गरी टेण्डरको आह्वान गरिएको स्थानीय निर्माण व्यवसायीहरूको आरोप छ।

एकल प्रतिस्पर्धीलाई सिमित गराउने र एकै पटकमा ठेक्का स्वीकृत गराउने मनसायले खुलाइएको यस ठेक्काले राज्यलाई ३ करोड बराबरको क्षति पुर्याउने उनीहरूको आरोप छ। आयोजना प्रमुख मनिष शाहले आरोपको खण्डन गरेका छन्। उनले नियमसंगत रूपमै ठेक्का प्रक्रिया अघि बढाइएको दाबी गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved