सर्लाहीमा ईश्वरपुरको जनसंख्या सबैभन्दा बढी

नेपालभ्युज

सर्लाहीमा ईश्वरपुरको जनसंख्या सबैभन्दा बढी

सर्लाही। मधेश प्रदेशको सर्लाहीको जनसंख्या ८ लाख ५० हजार नाघेको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार सर्लाही जिल्लाको जनसंख्या ८ लाख ५७ हजार ३ सय ६० पुगेको छ।

सर्लाहीको जनसंख्या १० वर्षअघि २०६८ सालमा ७ लाख ६९ हजार ७ सय २९ गणना गरिएको थियो। जसअनुसार ८७ हजार ७ सय ३१ जनाले जिल्लाको जनसंख्या बढेको हो। जिल्लाको जनसंख्या वृद्धिदर १ दशमलव ०३ रहेको देखिएको छ। जुन मधेश प्रदेशकै सबैभन्दा कम हो।

यसैगरी जिल्लामा सबैभन्दा बढी जनसंख्या जिल्लाको पूर्वी स्थानीय तह ईश्वरपुरमा ६८ हजारभन्दा बढी छ। त्यस्तै लालबन्दी नगरपालिकामा ६७ हजार जनसंख्या गणना भएका छन्। त्यस्तै पर्सा गाउँपालिकामा सबैभन्दा कम (२४ हजार) जनसंख्या रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved