भारतमा एकै दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण

नेपालभ्युज

भारतमा एकै दिन ३ लाखभन्दा बढीलाई कोरोना संक्रमण

काठमाडौं। भारतमा एकै दिन ३ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप ३ लाख १७ हजार ५ सय ३२ जना संक्रमित भएका छन्।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बुधबार परीक्षण गरिएका १६ दशमलव ४१ प्रतिशतको रिपोर्ट पोजेटिभ आएको हो। बुधबार १९ लाख ३५ हजार १ सय ८० नमुना परीक्षण गरिएको थियो। मंगलबार २ लाख ८२ हजार ९ सय ७० जना संक्रमित भएका थिए।

भाइरसको संक्रमणका कारण गत २४ घण्टामा थप ४ सय ९१ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म कोभिडका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८७ हजार २ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved