विपद्मा जनतालाई सरकारको साथ छ : मन्त्री कार्की

नेपालभ्युज

विपद्मा जनतालाई सरकारको साथ छ : मन्त्री कार्की

विराटनगर। प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाएका छन्। मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तरण कार्यक्रममा उनले विपद्मा जनतालाई सरकारले सचेत र सजग बनाउने बताए।

मन्त्रालयले सुनसरीको देवागञ्ज गाउँपालिका र मोरङको विराटनगर महानगरपालिकालाई एक\एक थान नयाँ बारुणयन्त्र सहयोगस्वरुप प्रदान गरेको हो। देवानगञ्ज गाउँपालिकालाई प्राप्त दमकल हरिनगर र बर्जु गाउँपालिकामा पनि संयुक्त रुपमा प्रयोग हुनेछ।

मन्त्री कार्कीले प्रदेशको १३७ वटै स्थानीय तहमा नगर रक्षक, स्काउट र युवालाई सचेतना तालिम दिने बताए।, उनले स्थानीय तहमा कानुनसम्बन्धी परामर्श र सेवा दिन मन्त्रालय तत्पर रहेकाले जनताका सेवामा तदारुकतासाथ लाग्न जनप्रतिनिधिलाई आग्रह गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सुनसरीको दक्षिणी क्षेत्रका बर्सेनि आगलागीको समस्य देखिएको अवस्थामा देवागञ्ज गाउँपालिकाले प्राप्त गरेको बारुणयन्त्रबाट नागरिकको धन सम्पत्ति क्षति हुनबाट जोगिने विश्वास व्यक्त गरे।

उनले भने,“आगलागी भएको समयमा सहरी क्षेत्रबाट जाने दमकल ढिलो पुग्दासम्म नागरिकको घर जलेर खरानी भइसक्थ्यो, अब आगलागीमा ग्रामीण जनताले सहरको मुख ताक्नु पर्दैन।”

आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुलीले विपद्को घटनाबाट जोगिन दमकलको उचित प्रयोग हुनुपर्ने बताए। उनले ग्रामीण क्षेत्रलाई केन्द्रीत गरी दिइएको दमकलबाट स्थानीय जनताले बढीभन्दा बढी लाभ लिने विश्वास व्यक्त गरे।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपाकिाका प्रमुख भीम पराजुलीले महानगरमा पाँचवटा बारुणयन्त्रमध्ये दुई वटा बिग्रेको अवस्थामा रहेको भन्दै प्रदेश सरकारबाट प्राप्त दमकले नागरिक सेवामा मद्दत पुग्ने विश्वास व्यक्त गरे।

सुनसरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले सुख्खा मौसममा यस क्षेत्रमा वर्षेनी आगलागीको घटना हुने गरेको र दमकलको अभावमा जनताले व्यापक क्षति बेहोर्नुपरेको बताए। उनले दमकल हस्तान्तरणपछि समस्या कम भएर जाने विश्वास व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved