सीसीएमसीका प्रमुख नै कोरोना संक्रमित

नेपालभ्युज

सीसीएमसीका प्रमुख नै कोरोना संक्रमित

काठमाडौं। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)का प्रमुखसहित चार सचिव कोरोना संक्रमित भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगाना, सीसीएमसी प्रमुख रहेका सचिव रामप्रसाद थपलिया र सचिव कृष्णबहादुर रावतलाई कोरोना संक्रमण पुष्टि भएको हो।

सीसीएमसी प्रमुख रहेका सचिव थपलियालाई नै कोरोना संक्रमण भएपछि पछिल्ला दिनमा बैठक समेत बसेको छैन।

यी तीनसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईलाई पनि कोरोना संक्रमण भएको छ। प्रधानमन्त्री कार्यालयमा मात्रै करीब ४० कर्मचारी संक्रमित रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved