बोलिभियाका उपराष्ट्रपति तथा ६ मन्त्रीमा कोरोना संक्रमण

“उहाँहरु सबैको अवस्था स्थिर र सामान्य नै रहेको छ। सबै जना आइसोलेसनमा बस्नु भएको छ,” राष्ट्रपति कार्यालयको वक्तव्यमा लेखिएको छ।

नेपालभ्युज

एजेन्सी। बोलिभियाका उपराष्ट्रपति र ६ जना मन्त्री कोरोनाभाइरसबाट संक्रमित भएका छन्। उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित ६ मन्त्री कोरोनाभाइरसबाट संक्रमित भएका अधिकारीहरुले जनाएका छन्।

राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा संक्रमित सबैको अवस्था सामान्य रहेको र उनीहरुको उपचार भइरहेको उल्लेख गरिएको छ।

संक्रमित मन्त्रीहरु सबैले कोरोनाभाइरस विरुद्धको दोस्रो मात्रा खोप समेत लगाइसकेका थिए। तर, उपराष्ट्रपति डेभिडले पहिलो मात्रा खोप मात्रै लगाएका थिए।

“उहाँहरु सबैको अवस्था स्थिर र सामान्य नै रहेको छ। सबै जना आइसोलेसनमा बस्नु भएको छ,” राष्ट्रपति कार्यालयको वक्तव्यमा लेखिएको छ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार बोलिभियामा अहिलेसम्म ६ लाख ८६ हजार २३ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन्।

त्यसैगरी, कोरोनाका कारण १९ हजार ९९९ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved