गण्डकी प्रदेशमा स्मार्ट लकडाउन गरिने

नेपालभ्युज

गण्डकी प्रदेशमा स्मार्ट लकडाउन गरिने

पोखरा। गण्डकी प्रदेश सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण गर्न स्मार्ट लकडाउनको प्रक्रिया अवलम्बन गर्ने भएको छ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको संयोजकत्वमा रहेको उच्चस्तरीय निर्देशक समितिको सोमबार बसेको बैठकले कोभिड संक्रमण कार्यविधि २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन जिल्ला संकट व्यवस्थापन समिति र स्थानीय तहरूलाई निर्देशन दिने निर्णय गरेको हो।

बैठकले प्रदेशमा सबै प्रकारका भेला, मेला, महोत्सव नगर्न नगराउन आह्वान गरेको छ। बैठकले ७ माघदेखि सार्वजनिक कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क प्रवेश गर्न कोभिड-१९ विरुद्ध खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ।

बैठकले सार्वजनिक सवारी साधनमा यात्रा गर्ने चालक, सहयोगी र तोकिएको सिट क्षमता बमोजिमका यात्रुहरूका लागि मास्क अनिवार्य गर्ने निर्णयसमेत गरेको छ। बैठकले प्रदेशबासीलाई जनचेतना अभिवृद्धि गर्न, प्रदेशमा उपकरणको व्यवस्थापन छिटो छरितो माध्यबाट खरिद तथा आफूर्ति व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ।

‘प्रदेशमा प्रवेश गर्ने जिल्ला नाका, मुख्यनाकाहरू तनहुँको आँबुखैंरेनी, स्याङजाको रामदी, नवलपरासी पूर्वको विनय त्रिवेणीमा निगरानी गर्ने,’ निर्णयमा भनिएको छ, ‘सार्वजनिक स्थलहरूमा निशुल्क एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउनु साथै पोजेटिभ देखिएकालाई संस्थागत आयसोलेसन हेल्डिङ सेन्टरका सम्बन्धित जिल्ला संकट व्यवस्थापन समितिले समन्वय गर्ने व्यवस्था मिलाउने।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved