काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप

सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आज (मंगलबार)देखि कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ।

नेपालभ्युज

काठमाडौं उपत्यकामा आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध खोप

काठमाडौं। सरकारले काठमाडौं उपत्यकाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई आज (मंगलबार)देखि कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ। उपत्यकाका तीन वटै जिल्लाका विद्यालयहरूमा खोप लगाइने छ।

उपत्यकाका यी तीन जिल्लाका केही स्थानीय तहमा भने केही दिन अघिदेखि नै खोप कार्यक्रम शुरु भइसकेको मन्त्रालयले जनाएको छ।खोप कार्यक्रम शुरु नभएका स्थानमा आजबाट लगाइने मन्त्रालयले जनाएको छ।

बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने मन्त्रालयको भनाइ छ। बालबालिकाहरुलाई उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा गई भीडभाड नगरी स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन मन्त्रालयले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved