पूर्वराजा ज्ञानेन्द्र राष्ट्रिय एकता दिवसमा सिंहदरबार जाने

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन विभिन्न संघसंस्था एवं राजनीतिक दलले सरकार समक्ष आग्रह गरे पनि सरकारले राष्ट्रिय एकता दिवसको मान्यता दिएको छैन।

नेपालभ्युज

पूर्वराजा ज्ञानेन्द्र राष्ट्रिय एकता दिवसमा सिंहदरबार जाने

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह नेपालको प्रमुख प्रशासनिक निकाय सिंहदरबार जाने भएका छन्।

मंगलबार परेको ३०० औँ पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारको दक्षिणमा रहेको पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण गर्न पूर्वराजा शाह त्यहाँ जाने भएका हुन्।

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले जनाएअनुसार शाह अपरान्ह साढे १२ बजे सिंहदरबारको मूल गेटमा पुग्नेछन्। त्यहाँ रहेको पृथ्वी नारायणको शालिकमा माल्यार्पण गरेर फर्किने कार्यक्रम रहेको पाठकले जानकारी दिएका छन्।

पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउन विभिन्न संघसंस्था एवं राजनीतिक दलले सरकार समक्ष आग्रह गरे पनि सरकारले राष्ट्रिय एकता दिवसको मान्यता दिएको छैन।

पृथ्वी नारायण शाहले नेपाल देशको एकीकरण गरेको भन्दै उनको जयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने ती संघसंस्था एवं राजनीतिक दलको माग छ।

राष्ट्रिय एकता दिवसको मान्यता दिँदै २७ पुसमा सार्वजनिक बिदा गर्नुपर्ने माग पनि उठ्ने गरेको छ। गोरखा लगायतका जिल्लामा जिल्ला प्रशासन आफैले सार्वजनिक बिदा दिए पनि केन्द्र सरकारले भने सार्वजनिक बिदा दिने गरेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved