प्रधानमन्त्री मोदीले बोलाए आपतकालीन बैठक, लकडाउन गर्ने तयारी

नेपालभ्युज

प्रधानमन्त्री मोदीले बोलाए आपतकालीन बैठक, लकडाउन गर्ने तयारी

काठमाडौं। भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आपतकालीन बैठक बोलाएका छन्।

अपराह्न ४ः३० बजे बोलाइएको उच्चस्तरीय बैठकमा प्रधानमन्त्रीले देशको कोरोनाको अवस्थाबारे समीक्षा गर्नेछन्। उनले तेस्रो चरणको तयारीको पनि जानकारी लिनेछन्। यस्तो अवस्थामा मोदीले संक्रमण रोक्न लकडाउनजस्ता कडा कदम चाल्न सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यसअघि प्रधानमन्त्री मोदीले २२ डिसेम्बर र २६ नोभेम्बरमा कोरोनाको अवस्थाको समीक्षा गरेका थिए। दुवै भेटमा प्रधानमन्त्रीले परीक्षण, ट्र्याकिङ र उपचारमा जोड दिएका थिए। उनले औषधि र अक्सिजनको उपलब्ध गराउन पनि निर्देशन दिएका थिए।

२२ डिसेम्बरमा प्रधानमन्त्री मोदीले देशमा ओमिक्रोन संस्करणबारे अधिकारीहरूसँग उच्चस्तरीय समीक्षा बैठक गरेका थिए। करिब एक घण्टासम्म चलेको बैठकमा स्वास्थ्य मन्त्रालयलगायत विभिन्न विभागका अधिकारीहरूको सहभागिता रहेको थियो।

मोदीले अवस्थाको जानकारी लिनुका साथै सरकारको तयारीसमेत जानकारी लिएका थिए। प्रधानमन्त्रीले औषधि र अक्सिजनको स्टक बढाउन पनि अधिकारीहरूलाई निर्देशन दिएका थिए। यससँगै टेस्टिङ र ट्रेसिङ बढाएर स्वास्थ्य पूर्वाधारमा सुधार गर्न पनि जोड दिइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved