एफए कप: चेल्सी र सिटीको फराकिलो जित

नेपालभ्युज

एफए कप: चेल्सी र सिटीको फराकिलो जित

काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब चेल्सीले शनिबार राति एफए कपको तेस्रो चरणमा चेस्टरफिल्डलाई ५-१ ले हराएको छ।रोमेलु लुकाकुले २० औँ मिनेटमा गोल गरेका थिए।

इन्टर मिलानबाट क्लबको कीर्तिमानी रकममा अनुबन्ध भएका लुकाकुलाई प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेलमा टिममा राखिएको थिएन।

त्यसअघि चेल्सीले टिमो वेर्नरको गोलबाट छैटौँ मिनेटमा अग्रता लिएको थियो। १८औँ मिनेटमा कालुम हड्सन-ओडोईले अग्रता दोब्बर बनाएका थिए। स्टामफोर्ड ब्रिजमा युरोपियन च्याम्पियन चेल्सीका लागि आन्द्रेस क्रिष्टेनसनले ३९औँ मिनेटमा चौथो गोल गरेका थिए।

५५औँ मिनेटमा हाकिम जियाचले पेनाल्टीमा पाँचौँ गोल थपे। ८०औँ मिनेटमा एक्वासी एसान्टेले गरेको गोल चेस्टरफिल्डका लागि सान्त्वना बन्यो।

चेल्सीले अब बुधबार राति लिग कपको सेमिफाइनलमा टोटनहमविरुद्ध खेल्नेछ।

एफए कपमै गएराति प्रिमियर लिगको शीर्ष क्लब म्यानचेस्टर सिटीले स्विनडनलाई ४-१ ले हरायो । लेस्टर सिटीले वाटफोर्डलाई ४-१ ले हराउँदा न्युक्यासल युनाइटेड लिग वानको क्लब क्याम्ब्रिज युनाइटेडसँग १-० ले स्तब्ध बन्यो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved