नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

नेपालभ्युज

नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौं । नेकमा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। उनले केहीबेर अघि सामाजिक सञ्जालमार्फत आफूमा हिजो संक्रमण पुष्टि भएको र घरमै आइसोलेसनमा बसेको जानकारी गराएका छन्।

काठमाडौंको प्रज्ञा भवनमा माओवादीले केही दिनअघि महाधिवेशन गरेको थियो। उक्त भेलामा धेरैलाई कोरोना संक्रमण भएको हुन सक्ने आशंका गरिएको छ।

नेता श्रेष्ठले कोरोनाका कारण आफू कम्तीमा १४ दिन क्वारेन्टाइनमा रहने र आफूसँग शारीरिक सम्पर्कमा आएका सबैलाई आवश्यक सावधानी अपनाउन अनुरोध गरेका छन्।

यसैबीच पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आगामी ८ माघसम्मका लागि सारिएको छ।

केही नेता बिरामी परेका तथा पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved