एकै दिन विश्वभर २६ लाख बढीमा कोरोना संक्रमण, अमेरिकामा १७८३ जनाको मृत्यु

नेपालभ्युज

एकै दिन विश्वभर २६ लाख बढीमा कोरोना संक्रमण, अमेरिकामा १७८३ जनाको मृत्यु

काठमाडौं । विश्वभर एकै दिन २६ लाख बढी कोरोना संक्रमित थपिएका छन्। यो संख्या हालसम्मकै सर्वाधिक भएको कोरोनाको नियमित अपडेट गराउँदै आएको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ।

विवरणअनुसार पछिल्लो २४ घण्टामा २६ लाख ३ हजार ९ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जहाँ सर्वाधिक अमेरिकामा मात्र सात लाख ६५ हजारभन्दा बढी संक्रमित थपिएका छन्। त्यस्तो दोस्रो धेरै थपिनेमा फ्रान्स छ। फ्रान्समा पनि तीन लाख २८ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ। भारतमा पनि १ लाख ४१ हजारभन्दा धेरैमा संक्रमण पाइएको छ।

बेलायतमा एक लाख ७८ हजारभन्दा बढीमा संक्रमण भेटिएको देखाइएको छ। यस्तै अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोनाका कारण १७ सय ८३ जनाको निधन भएको वर्ल्डोमिटरले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved