महाकाली नदीमाथि पुल बनाउन भारत तयार

नेपालभ्युज

महाकाली नदीमाथि पुल बनाउन भारत तयार

काठमाडौं। नेपाल-भारत सीमा महाकाली नदीमा पुल बनाउन भारत तयार भएको छ। आज साँझ ७ बजे भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीट गर्दै भारतीय मन्त्रिपरिषद्बाट यस्तो निर्णय भएको जानकारी दिएका हुन्।

‘धार्चुलामा महाकाली नदीमा पुल निर्माणका लागि नेपाल र भारतबीच सहमति भएको छ’ उनले ट्वीट गरेका छन्। साथै उनले लेखेका छन्। ‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ।’

महाकाली नदीमा पुल नहुँदा त्यहाँका स्थानीयलाई निकै सास्ती भएको छ। गत साउनमा दार्चुलाको व्यास गाउँपालिका-२ स्थित तुइनको सहारामा महाकाली तर्ने क्रममा स्थानीय जयसिंह धामी नदीमा बेपत्ता भएका थिए। उनी १५ साउनदेखि बेपत्ता छन्।

धामी महाकाली तर्दै गर्दा भारतीय एसएसबीका जवानले तुइन काटिदिएको नेपालको गृह मन्त्रालयले गरेको अनुसन्धानले बताएको थियो। धामी बेपत्ता भएपछि स्थानीय आक्रोशित बनेका थिए।  नेपालतर्फ सडक नहुँदा व्यास क्षेत्रका बासिन्दाले सदरमुकाम खलंगा आउन भारतको बाटो हुँदै महाकाली नदीमा तुइन तरेर आउनुपर्ने बाध्यता छ।

तर भारतलाई नेपालको परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदै घटनाबारे जानकारी गराए पनि भातरले भने बेवास्ता गर्दै आइरहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved