दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

दिल्लीका मुख्यमन्त्री केजरीवालले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन्।

नेपालभ्युज

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई कोरोना संक्रमण पुष्टि भएको छ। केजरीवालले सामाजिक सञ्जाल मार्फत आफूलाई कोभिड संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।

आफ्नो स्वास्थ्य अवस्था ठीक रहेको र हाल निवासमै एकान्तबासमा बसेको उनले बताएका छन्। दिल्लीका मुख्यमन्त्री केजरीवालले पछिल्लो समयमा आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई स्वास्थ्यमा ध्यान दिन आग्रह गरेका छन्।

भारतीय सरकारले जनाएअनुसार पछिल्लो २४ घण्टामा मात्रै भारतमा ३७ हजार ३ सय ७९ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुने मानिसको संख्या बढ्दै जाँदा दैनिक कोभिड संक्रमितको संख्या बढेको हो।

यस्तै कोभिड संक्रमणका कारण भारतमा पछिल्लो समय १२४ जनाको निधन भएको छ। योसँगै भारतमा कोभिडका कारण निधन हुनेको संख्या ४ लाख ८२ हजार १७ पुगेका छन्।

भारतमा ओमिक्रोन संक्रमण हुनेको संख्या मात्रै १ लाख ७१ हजार ८३० पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्रै भारतका २३ राज्यमा १ हजार ८९२ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। जसमध्ये भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५६८ संक्रमित फेला परेका छन्।

यस्तै दिल्लीमा ३८२, केरलामा १८५, राजस्थानमा १७४ जनामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved