पार्टी कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा धरान जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान जाँदैछन्। उनी बिहान १० बजे धरान पुग्ने कार्यक्रम छ।

नेपालभ्युज

पार्टी कार्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री देउवा धरान जाँदै

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा मंगलबार धरान जाँदैछन्। उनी बिहान १० बजे धरान पुग्ने कार्यक्रम छ।

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धरान २ स्थित रहेको नेपाली काँग्रेस सुनसरी क्षेत्र नं.१ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ।

त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्नेछन्।
बसपार्क अवलोकनपछि प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्नेछन्।

दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाईस्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

यसैगरी धरान नगरपालिका स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved