के रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्दैछन्?

भेटका अवसरमा पार्टी एकताको चर्चा भएको छ। हालै मात्रै सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकता गरेको मिश्रको पार्टी र राप्रपाबीच पार्टी एकताका विषयमा शुक्रबारको भेटघाटको कुरा भएको हो।

नेपालभ्युज

के रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्दैछन्?
फोटो– रवीन्द्र मिश्रको फेसबुकबाट

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शमशेर राणाले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रसँग भेट गरेका छन्।

मंसीरमा पार्टीको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका लिङ्देन र महामन्त्रीमा निर्वाचित शमशेरले विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रलाई भेट गरेको हुन्।

भेटका अवसरमा पार्टी एकताको चर्चा भएको छ। हालै मात्रै सिटिजन्स डिसकसन फोरम र राष्ट्रिय जनता दरबार पार्टीसँग एकता गरेको मिश्रको पार्टी र राप्रपाबीच पार्टी एकताका विषयमा शुक्रबारको भेटघाटको कुरा भएको हो।

मिश्र नेतृत्वका पार्टीले विचारभन्दा देश ठूलो भन्ने नारा लिएको छ भने उनले पछिल्लो समय नेपालमा राजसंस्थाको आवश्यकता भएको वकालत गर्दैछन्। हालै राप्रपाको अध्यक्ष पदमा निर्वाचित लिङ्देनले पनि पार्टीलाई राजसंस्था स्थापना गर्ने दिशामा लैजाने बताउँदै आएका छन्।

पार्टीको अध्यक्षमा निर्वाचित भएसँगै उनले राजसंस्थाको पुनःस्थापनालाई आफ्नो मूल एजेन्डा भएको बताएका थिए। भने, पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको आरोप समेत लागेको छ।

मिश्रले लिएको राजनीतिक दिशा र राप्रपाको राजनीतिक नीति मिल्ने भएका कारण पनि दुई राजनीतिक दल मिल्ने सम्भावना रहेको बताइन्छ।
राप्रपाका नेता द्वयसँगको भेटपछि मिश्रले सामाजिक सञ्जालमा उल्लेख गरेको विषयले पनि थप आशङ्काको बाटो दिएको हो। भेटका विषयमा मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, “राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो।”

त्यसो त विवेकशील साझाका अध्यक्ष मिश्र राप्रपामा सह–अध्यक्षको भूमिकामा पार्टी प्रवेश गर्ने चर्चा पनि नभएको होइन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved