राष्ट्रिय सहमतिका आधारमा एमसीसीबारे निर्णय लिनुपर्छ : यादव

नेपालभ्युज

राष्ट्रिय सहमतिका आधारमा एमसीसीबारे निर्णय लिनुपर्छ : यादव
तस्वीरः रासस

काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति र राष्ट्रको हित अनुकूल हुने गरी एमसीसीलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

पार्टीको नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने “ पार्टीले समय आएपछि एमसिसीका विषयमा निर्णय लिन्छ । मेरो विचारमा यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।”

अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved