काठमाडौं उपत्यकालगायत देशभर वर्षा

नेपालभ्युज

काठमाडौं उपत्यकालगायत देशभर वर्षा
सांकेतिक तस्बिर

काठमाडौं ।  देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा भइरहेको छ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ।

त्यसैगरी आज‍ दिउँसो पनि देशभरै वर्षा हुन सक्ने र पहाडी क्षेत्रमा हिमपात हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौंमा पनि बिहानदेखि नै वर्षा भइरहेको छ। आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन भएको थियो। तर, पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम निकै न्यून हुन सक्ने जनाइएको छ।

वर्षाका कारण उच्च पहाडी तथा हिमाली भू-भागहरूका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात भएपछि पर्वतारोहण, हवाई र यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved