आक्रामक व्यापार गर्दै ‘पुष्पा’, बाहुबलीको रेकर्ड तोड्ला ?

नेपालभ्युज

आक्रामक व्यापार गर्दै ‘पुष्पा’, बाहुबलीको रेकर्ड तोड्ला ?

एजेन्सी। तेलुगु फिल्म पुष्पाले भारतमा राम्रो ख्याति कमाइरहेको छ। फिल्मले असाधारण रूपमा राम्रो प्रदर्शन गरेको छ र बलिउडमा अल्लु अर्जुनको स्टारडम प्रमाणित गरेको छ।

विशेषत: प्रतिष्पर्धामा सबै चर्चित र स्टार कलाकारले भरिएको फिल्म पुष्पाले आक्रामक व्यापार गरिरहेको छ , जसकारण फिल्मले १० दिनमा ३७ करोडभन्दा बढी कमाइ गरेको छ। पहिलो १० दिनमा यो फिल्मले साउथको निकै चर्चित फिल्म केजीएफलाई पछाडि छोडेको छ।

हिन्दी भाषामा पनि रिलिज भएको यो फिल्मले निकै चर्चा बटुलेको छ। यो हिन्दी र तेलुगु दुवै भाषामा एकैसाथ रिलिज हुने अल्लु अर्जुनको पहिलो फिल्म पनि हो।

१७ डिसेम्बरमा तेलुगुसँगै यो फिल्म हिन्दी भाषामा पनि रिलिज भएको थियो। २६ डिसेम्बरसम्मको कलेक्सनअनुसार दश दिनमा मात्रै पुष्पाले ३७ करोड २० लाख कमाएको छ।

विगत ३ वर्षमा रिलिज भएका साउन फिल्मलाई हेर्दा सबैभन्दा बढी कन्नड फिल्म केजीएफले १० दिनमा २७ करोडको व्यापार गरेको थियो, जसको रेकर्ड पुष्पाले तोडिसकेको छ। त्यसमाथि केजीएफ रिलिज हुँदा कोरोना महामारीको चुनौती थिएन, जुन पुष्पालाई छ।

पछिल्लो समय साउथ फिल्मले बलिउडमा एकछत्र राज गरेको देखिन्छ, चाहे त्यो केजीएफ होस् वा बाहुबली। अल्लु अर्जुनको पुष्पा पनि केजीएफ र बाहुबलीकै बाटोमा आक्रामक ढंगले अघि बढेको छ। साउथ फिल्म बाहुबलीले भारतमा  सबै रेकर्डहरू तोड्दै कुल १८ अर्ब बढीको कारोबार गरेको थियो, पुष्पा यही गतिमा अघि बढे बाहुबलीको उक्त रेकर्ड तोड्ने वा त्यसको नजिकसम्म पुग्ने चर्चा हुन थालेको छ।

सुकुमारले निर्देशन गरेको पुष्पा एक क्राइम एक्शन फिल्म हो, जसको कथा आन्ध्र प्रदेशको जंगलमा चन्दनको तस्करी र विरोध गर्नेहरूबीचको टकरावमा आधारित छ। फिल्ममा फहाद फासिलसँगै अल्लु र रश्मिकालाई मुख्य कलाकारको रूपमा देखाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved