शिवम् सिमेन्टले प्रदेश २ का १ हजार बढी निर्माणकर्मीको बीमा गरायो

नेपालभ्युज

शिवम् सिमेन्टले प्रदेश २ का १ हजार बढी निर्माणकर्मीको बीमा गरायो

काठमाडौं।  शिवम् सिमेन्टले प्रदेश २ का विभिन्न जिल्लाहरूका १२ स्थानका एक हजारभन्दा बढी निर्माणकर्मीको बीमा गरेको छ।

कम्पनीले विभिन्न स्थानमा निर्माणकर्मीसँग गरेको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रियामा कार्यक्रमपछि ५ लाख बराबरको दुर्घटना बीमा गर्ने योजना अघि बढाएको हो। मिर्चैया, गोलबजार, लहान, सिराहा, कठौना, राजविराज, कञ्चनपुर, भारदह, बेलटार, रामपुर, कटारीलगायत विभिन्न १२ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो।

अन्तर्क्रियामा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदानसमेत गरिएको कम्पनीले जानकारी दिएको छ। कार्यक्रममा निर्माणकर्मीलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो।

शिवम् सिमेन्टले चरणबद्ध रुपमा देशका विभिन्न स्थानमा नियमित रुपमा निर्माण कर्मीसँग प्राविधिक अन्तक्रिया तथा बीमा कार्यक्रम गर्दै आइरहेको छ। हालसम्म निरन्तर देशका विभिन्न ३७ स्थानमा २५ सयभन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तक्रिया गरी उनीहरूको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधिहरूले बताएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved