शिक्षक सेवा आयोगद्वारा २ हजार ५९८ शिक्षक माग

नेपालभ्युज

शिक्षक सेवा आयोगद्वारा २ हजार ५९८ शिक्षक माग

काठमाडौं । शिक्षक सेवा आयोग सानोठिमीले निम्न माध्यमिक विद्यालय तृतीय श्रेणीमा दुई हजार ५९८ शिक्षकको स्थायी पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ।

आयोगले ७ पुसदेखि ६ माघसम्म नियमित शुल्कमा र  १३ माघसम्म अबिलम्ब शुल्कमा अनलाइनबाटै आवेदन फाराम भर्नेगरी स्थायी पदपूर्तिका लागि  आह्वान गरेको हो।

आयोगले अङ्ग्रेजी विषयमा ६२४, नेपालीमा ४३७, गणितमा ३७१, विज्ञानमा ४४०, सामाजिक अध्ययनमा ३५३, शुक्लयजुर्वेदमा एक, गणित–विज्ञानमा ३६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि दरखास्त आह्वान गरेको छ। आगामी चैत १७ गते परीक्षाको मिति निर्धारण गरिएको आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved