कांग्रेस खुला सदस्यको मतगणना शुरु

नेपालभ्युज

कांग्रेस खुला सदस्यको मतगणना शुरु
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना शुरु भएको छ।

बिहान ११ बजेदेखि केन्द्रीय कार्यालय सानेपामा मतगणना शुरु भएको कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

बिहान १० बजदेखि मतगणना शुरु गर्ने कार्यतालिका रहे पनि केही ढिलोगरी गणना शुरु भएको हो।

३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ जनाले उम्मेदवारी दिएका छन्।

सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीसहित पदाधिकारीको मतगणना सम्पन्न भइसकेकोमा कोषाअध्यक्ष चाहिँ पार्टीले मनोनयन गर्नेछ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा कुल ४८७ ले उम्मेदवारी दिएका थिए । कांग्रेसमा महाधिवेशन प्रतिनिधि (मतदाता) चार हजार ७४३ रहेका छन्।  केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved