बाँकी ५ सह-महामन्त्री पदका लागि मतगणना जारी

नेपालभ्युज

बाँकी ५ सह-महामन्त्री पदका लागि मतगणना जारी
फाइल फोटो

काठमाडौं। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बाँकी ५ सह-महामन्त्री पदका लागि मतगणना जारी छ।

बिहान ९ बजेदेखि खस आर्य,  मधेशी, मुश्लिम, थारु र पिछडिएको क्षेत्र क्लष्टरका सहमहामन्त्री पदको मतगणना भइरहेको कांग्रेसको निर्वाचन समितिले जानकारी दिएको छ।

सह-महामन्त्रीका लागि खस आर्यबाट किशोरसिंह राठौर र देवराज चालिसे, मधेशीबाट महेन्द्र यादव, रंजित कर्ण र रामकृष्ण यादव तथा मुश्लिमबाट फरमुल्लाह मंसुर र शेख वकील प्रतिस्पर्धामा छन्। यसैगरी, थारुबाट उमाकान्त चौधरी र तेजुलाल चौधरी एवं पिछडिएको क्षेत्रबाट चेतराज बजाज, जीवनबहादुर शाही र बद्री पाण्डेले उम्मेदवारी दिएका छन्।

आवश्यक ८ पदका लागि सह-महामन्त्रीमा १९ जनाले उम्मेदवारी दिएकोमा बिहीबार महिला, दलित, आदिवासी जनजाति क्लस्टरको मतगणना भएको थियो।

जसमा ममहिलातर्फको महालक्ष्मी उपाध्याय ‘डिना’, दलिततर्फ जीवन परियार र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे विजयी भएका छन्।

सह-महामन्त्रीमा विजयी आङ्दाम्बे र डिना शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् र परियार शेखर कोइराला प्यानलका उम्मेदवार हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved