कांग्रेस महाधिवेशनमा ३६ सय मत खस्यो

सोमबार राति साढे ८ बजेसम्ममा ३६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ।

नेपालभ्युज

कांग्रेस महाधिवेशनमा ३६ सय मत खस्यो

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा ३६ सय मत खसेको छ। सोमबार राति साढे ८ बजेसम्ममा ३६ सय मत खसेको निर्वाचन समितिले जनाएको छ।

बिहान ११ बजेदेखि सुरू भएको मतदान रातिसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ। अझै एक हजार बढीले मतदान गर्न बाँकी छ।

राति १० बजेसम्ममा मतदान सकिने आशा राखिएको छ। कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ जना मतदाताले सहभागिता जनाउँदै छन्।

महाधिवेशनमा सभापतिका लागि पाँच जनाले प्रतिस्पर्धा गरिरहेका छन्। सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उठेका छन्। मतदानलगतै सभापति पदको भने गणना शुरु हुने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved