मतदान कार्यतालिका प्रभावित : बल्ल मतपत्रमा हस्ताक्षर गर्दै निर्वाचन अधिकृत

बिहानैदेखि महाधिवेशन प्रनिनिधिहरू मतदान गर्न लाइनमा बसिसके पनि मतपत्र आउन ढिलाइ भएका कारण मतदान कार्यक्रम सरेको हो।

नेपालभ्युज

मतदान कार्यतालिका प्रभावित : बल्ल मतपत्रमा हस्ताक्षर गर्दै निर्वाचन अधिकृत

काठमाडौं। समयमै मतपत्र छाप्न नसक्दा नेपाली कांग्रेसको मतदान कार्यतालिका प्रभावित भएको छ। बिहान ८ बजे भृकुटीमण्डप, नेपाल पुलिस क्लव र राष्ट्रिय सभा गृह गरी तीन मतदानस्थलबाट मतदान शुरु हुने कार्यतालिका थियो।

कांग्रेसको निर्वाचन समितिका अनुसार राष्ट्रिय सभागृहमा २९३, भृकुटीमण्डप प्राङ्गणमा २९३ बुथ र भृकुटीमण्डपको हलमा ५१४ बुथ राखिएका छन्। बेलुका ५ बजेसम्म हुने मतदानमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मत खसाल्ने छन्।

बिहानैदेखि महाधिवेशन प्रनिनिधिहरू मतदान गर्न लाइनमा बसिसके पनि मतपत्र आउन ढिलाइ भएका कारण मतदान कार्यक्रम सरेको हो।

निर्वाचन समितिका सदस्य तेज रावलकाअनुसार मतपत्र नौ बजे छापिएर मतदानस्थलमा आएको छ। अब त्यसमा निर्वाचन अधिकृतको हस्ताक्षर गर्ने काम भइरहेको छ। हस्ताक्षर सकिएपछि मतदान शुरु हुनेछ।

मतदान शुरु नभएपनि प्रदर्शनीमार्गमा यतिबेला कांग्रेसको उत्सव चलिरहेको छ।

सभापति, महामन्त्री लगायत विभिन्न पदाधिकारी र सदस्यका उमेदवार मत माग्न व्यस्त छन्। कांग्रेसको १४ औं महाधिवशेनले १३ पदाधिकारीसहित १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने छ।

पदाधिकारीमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सह–महामन्त्री हुनेछन्। कोषाध्यक्षको निर्वाचन चाहि निर्वाचित केन्द्रीय कमिटिीले गर्ने व्यवस्था छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved