एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलो : प्रचण्ड

नेपालभ्युज

एमाले र कांग्रेसको महाधिवेशन भीड जम्मा गर्ने थलो : प्रचण्ड
फाइल तस्वीर

काठमडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको महाअधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन्।

शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले एमाले र नेपाली कांग्रेसको महाअधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गरेका हुन्।

एमाले महाअधिवेशनलाई पञ्चर्‍यालीको संज्ञा दिँदै उनले एमाले महाअधिवेशन विचार हिनताको र विचार शून्यताको रूपमा सम्पन्न भएको बताए। त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको महाअधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै उनले आलोचना गरे।

उनले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए । पार्टीभित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उनको भनाइ थियो। उनले आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो विचार लिएर आई पार्टीलाई सशक्त बनाउने बताए।

उनले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने ताकत नेपालमा कसैको नभएको दाबी गरे। अध्यक्ष दाहालले आगामी चुनावमा एक नम्बर पार्टी हुनेगरी आक्रामक रुपले प्रस्तुत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved