ऊर्जामन्त्री भुसाल भन्छिन्, ‘सबै क्षेत्रमा विद्युतीय साधन उपयोग गर्नुपर्छ’

नेपालभ्युज

ऊर्जामन्त्री भुसाल भन्छिन्, ‘सबै क्षेत्रमा विद्युतीय साधन उपयोग गर्नुपर्छ’
फाइल तस्वीर

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन्।

बिहीबार काठमाडौंमा आयोजित सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै मन्त्री भुसालले विद्युतीय क्षेत्रको अग्रगमनका लागि ऊर्जाका सबै क्षेत्रमा जलविद्युतको खपत बढाउनुपर्ने पनि बताइन्।

सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत उत्पादन गर्न पाउने अवसरले अब घरायसी प्रयोगकर्ता पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा पुगेका उनो भनाइ थियो।

मन्त्री भुसालले जनतामा दुई वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताइन्।

महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने उनको भनाइ थियो। मन्त्री भुसालले उपभोक्ता महासंघले अब नयाँपन र औचित्यतामा केन्द्रित भएर धेरै विद्युत् खपत गराउने र सबैमा विद्युतीय ऊर्जा उपयोग गर्ने अभियानका रुपमा रुपान्तरण गर्दै लैजानुपर्नेमा जोड दिइन्।

मन्त्री भुसालले कतिपय सामुदायिक संस्थाले समयमै विद्युत भुक्तानी नगरेका, विनियमावलीले तोकेभन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेका र समयमै ग्राहकको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको जानकारी दिइन्।

केही सामुदायिक संस्थाका उपभोक्ताले आफूलाई संस्थाबाट अलग बनाई नेपाल विद्युत् प्राधिकरणबाट सेवा दिन अनुरोध गरिरहेको गुनासो आएको पनि उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved