एमसीसी र जबराविरुद्धको महाअभियोग सहमतिमै अघि बढ्छ : प्रचण्ड

आफूहरू हतियारको राजनीति नगरेर समाजवादको नयाँ मोडलमा जान खोजिरहेको बताउँदै उनले प्रतिगामी शक्तिविरुद्ध आन्दोलनको तयारी गरिरहेको बताए।

नेपालभ्युज

एमसीसी र जबराविरुद्धको महाअभियोग सहमतिमै अघि बढ्छ : प्रचण्ड
फाइल तस्वीर

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग र एमसीसी पारित राजनीतिक सहमतिमा अघि बढ्ने बताएका छन्। शनिबारदेखि चितवनमा शुरु माओवादीनिकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले संसद्को अधिवेशनमा एमसीसी परियोजनाबारे राष्ट्रिय सहमति हुने बताए।

यसैगरी सर्वोच्च अदालतको विवादबारे प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग पनि राजनीतिक सहमतिमै अघि बढ्ने जनाए।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी उनले दुई वर्षको बीचमै परिवर्तन उल्टाउने प्रयास भएकोबेला प्रतिगमनविरुद्ध मत्रकारहरूले जनमत बनाएको उल्लेख गरे। तर खतरा अझैं टरिनसकेकाले प्राप्त उपलब्धीको रक्षा गर्ने बेला आएको भनाइ उनको थियो।

अझैं पनि प्रतिक्रान्तिको खतरा भएकाले ‘रिल्याक्स’ गर्ने बेला नभएकाले सबै खालका भ्रम अन्त्य गर्न पत्रकारहरू एकजुट हुनुपर्ने उनले बताए। एमालेलेलाई पञ्चायती प्रवृत्तिको हर्कत नछाडेको बताउँदै उनले पहिले जनयुद्धमा जनसेना लडेकोमा अबको लडाइँ पत्रकारको काँधमा आएको उनको भनाइ थियो।

उनले विगतका प्रेससम्बन्धी सबै खाले कानून खारेज गर्नका लागि गठबन्धनमा छलफल भइरहेको बताए।

आफूहरू हतियारको राजनीति नगरेर समाजवादको नयाँ मोडलमा जान खोजिरहेको बताउँदै उनले प्रतिगामी शक्तिविरुद्ध आन्दोलनको तयारी गरिरहेको बताए।

फरक प्रसंगमा उनले विकासका कारण चितवन सबैको केन्द्र बनेको र यसको कारण विकास र आफू भएको उनको भनाइ थियो। एमालेको दशौँ महाधिवेशनलाई कुम्भमेला बताउँदै उनले मण्डलेको मोर्चा पतनको अवस्थामा पुगेको दावी उनले गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved