एकता कायम राख्न सक्नु महत्वपूर्ण उपलब्धी : महत

कांग्रेसले थुप्रै काम गरेको तर प्रचार हुन नसकेको तर बामपन्थीले तिल बराबर काम गरेर पहाड बराबर प्रचार गरेको उनको भनाइ थियो।

नेपालभ्युज

एकता कायम राख्न सक्नु महत्वपूर्ण उपलब्धी : महत
फाइल फोटो

काठमाडौं। नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा कम्युनिष्ट र अन्य पार्टीहरू पनि विभाजित भइरहेको समयमा नेपाली कांग्रेसलाई एकताबद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको समुद्घाटन समरोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

कार्यक्रममा प्रमुख अतिथि रहेका डा. महतले पार्टी सभापति शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाएको बताए। उनले भने, ‘‘सहमति नजुटे बहुमतबाट जाऔँ भनेर सल्लाह आउँदा सभापति सभापतिले कम्युनिष्टहरूको गतिविधि मैले हेरिरहेको छ, चुनावमा बहुमत ल्याए, अहंकार बढ्यो, विभाजित भए। म कुनै हालतमा पार्टी एक राख्छु। सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो।” देउवाले कुनै पनि निर्णय आफूखुशी नलादेको दाबी उनको थियो।

पार्टीमा आफू बहुमतमा भए पनि बहमुतको उपयोग नगरेर पार्टीलाई एकताबद्ध गर्न देउवाले सर्वसम्मति र सहमतिबाट पार्टी सञ्चालन गरेको उनको भनाइ थियो।

महाधिवेशनको तयारी उत्साहजनक रूपमा अघि बढेको र क्रियाशील सदस्यता संख्या ४ लाखबाट करीब १० लाख पुगेको दाबी उनले गरे।

कांग्रेसले थुप्रै काम गरेको तर प्रचार हुन नसकेको तर बामपन्थीले तिल बराबर काम गरेर पहाड बराबर प्रचार गरेको उनको भनाइ थियो।

“नेपालमा कांग्रेस पार्टीले यति धेरै काम गर्दा पनि हामीले प्रचार गर्न सकेनौं। उनीहरूले तिल बराबर काम गरेका छन् पहाड बराबर प्रचार गर्छन्। पहाड बराबर गल्ती गर्छन् र विवाद हुन्छ तर तिल बराबर बाहिर आउदैन। हामीले तिल बराबर गल्ती गर्यौं भने पहाड बराबर हल्ला हुन्छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved